नेप्से परिसूचक ४४ दशमलव १६ अंकले वृद्धि

1.02K
shares

 

काठमाडौं २७ वैशाख । मंगलबार नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २३ सय १३ अंकमा पुगेको छ ।

साताको तेस्रो दिनमा सेयर कारोबार मापक नेप्से परिसूचक २३ सय नाघेको छ । केही समय यता लगातार घटिरहेको नेप्से परिसूचक अघिल्लो साता २२ सयमा झरेको थियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६७ अंकले बढेको छ । सेयर कारोबार रकम भने १ अर्ब ३५ करोडमा रोकिएको छ । दिनभर भएका २६ हजार ५६५ कारोबारबाट २२६ कम्पनीका ३३ लाख ३० हजार १५० कित्ता सेयर किनबेच भएका छन् ।

Kumari Banner