Mangaldeep Aagarbatti
GBIME

नेप्से परिसुुचक बढेसँगै कारोबार रकम पनि बढ्यो

1.49K
shares

काठमाडौं, २८ वैशाख । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ०६ अंक बढेको छ । नेप्से परिसूचक २ हजार ३६९ दशमलव ६ बिन्दूमा पुगेको हो ।

यस अवधिमा कारोबारमा आएका २२९ धितोपत्रको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर ३७ हजार ७७० पटकमा रू. २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ बराबरको शेयर खरीविक्री भएको हो । जेठ महीनाका लागि ब्याजदर नबढ्ने भएसँगै बुधवार शेयर बजारमा उछाल आएको हो । नेपाल बैकर्स सँघको सहमतिअनुसार बाणिज्य बैंकहरुले जेठ महीनामा ब्याजदर नबढाउने भएका हुन ।

केही दिन अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जेठ महीनामा ब्याजदर बढ्ने बताएका थिए । सोही कारण नेप्से परिसूचक केही दिन घटेको थियो । तर, वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा बैंकर्स संघले ब्याजदर नबढाउने सहमति भएको हो । निर्वाचनको लागि खर्च बढेको र सरकारको विकास खर्चसमेत बढ्ने क्रममा रहेकोले जेठ महीनामा ब्याजदर नबढाउने निर्णय भएको छ । वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत ब्याजदर दिनेछन । मंगलवार रू. १ अर्ब ३५ करोड बराबरको शेयर खरीद विक्री भएको थियो ।

National life Banner