GBIME

५ ओटा धितोपत्रमा उच्च खरीद माग

1.28K
shares

कामाडौं, २८ वैशाख । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

लक्ष्मी उन्नति कोष,एनएमबी फिप्टी नबिल ब्यालेन्स फण्ड २, नबिल इक्वीटी फण्ड र एनएमबि हाइब्रिड फण्ड एल १, को धितोपत्रमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको २ लाख ५१ हजार ५१० इकाई खरीद माग रहेको छ ।

त्यसैगरी एनएमबि फिप्टीको २ लाख २२ हजार ९०० इकाई,नबिल ब्यालेन्स फण्ड ( २ को २ लाख १३ हजार १६१ इकाई, नबिल इक्वीटी फण्डको १ लाख ७४ हजार १११ इकाई र एनएमबि हाइब्रिड फण्ड एल १ को १ लाख २९ हजार २०७ इकाई खरीद माग रहेको छ ।

Premier Steel Banner