GBIME

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

1.17K
shares

काठमाडौं, २९ वैशाख । आज सुुनचाँदी बजारमा सुुनको मुुल्य वृद्धि भएको छ । आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको महासंघले जानकारी दिएको हो ।
मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ थियो ।

वैशाख ५ गते प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कारोबार मूल्य रहेको सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । आजसम्म आइपुग्दा प्रतितोला ४ हजार ७०० रुपैयाँ छ । यस्तै, पछिल्लो समय चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ ।

Dhulikhel Eco Resort 1200*100