GBIME

कारोबार हुुने अन्तिम दिन सेयर बजारमा गिरावट

1.54K
shares

काठमाडौं, २९ वैशाख । निर्वाचनको अघिल्लो दिन शेयर बजार १८ अंकले घटेको छ । स्थानिय तहको निर्वाचनको अघिल्लो कारोबार एवं यो साता अन्तिम कारोबारको दिन नेप्से १८ दशमलव ६४ अंकले घट्दा २३५०.४२ को विन्दुमा कायम भएको छ ।

यो साताको सुरुवाती दिनदेखि लगातार तीन दिन हरीयाली छाईरहेको शेयर बजारमा आज गिरावट आएको छ ।
आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ हजार ३ सय ५९ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज उत्पादनमूलक क्षेत्र र अन्य बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । आज नेप्से सेन्सेटिभ ० दशमलव ५९ प्रतिशतले घटेको छ ।

Dhulikhel Eco Resort 1200*100