GBIME

ओरालो लाग्यो शेयर बजार, आज ९ अंकको गिरावट

720
shares

काठमाडौं, ४ माघ । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक ९ दशमलव शुन्य १ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार नेप्से परिसुचक शुन्य दशमलव ४१ प्रतिशतले घटेर २१७३ दशमलव १० को विन्दुमा पुगेको हो । नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९३ अंकले घटेको छ ।

आज दिनभर भएका ६९ हजार ६ सय ३७ कारोबारबाट २४८ कम्पनीका १ करोड ३३ लाख ४ हजार १ सय ४० कित्ता शेयर किनबेच भएको छ ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६ सय २ पुगेको छ ।