GBIME

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन १ हजारले वृद्धि

3.08K
shares

काठमाडौं, १० माघ । नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।

यस दिन छापावाल सुनको मूल्य १ लाख ६ हजार ३०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

यो अघिल्लो रेकर्ड मूल्यको तुलनामा ८०० रुपैयाँ बढी हो। यस अघि सुनको अधिकतम मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ थियो। २०७८ फागुन २५ गते, सुन सो मूल्यमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यले नयाँ उचाई कायम गरेको दिन चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।