२०७९को पहिलो कारोबार दिन सुनचाँदीको भाउ वृद्धि

1.01K
shares

२०७९को पहिलो कारोबार दिन सुनचाँदीको भाउ वृद्धि भएको छ । वैशाख २ गते, शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । चाँदी पनि आज तोलामा १५ रुपैयाँले उकालो लागेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख २ हजार रुपैयाँ पुगेको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

२०७८ को अन्तिम दुई दिन पनि सुनको भाउमा बढोत्तरी भएको थियो । चैत ३० गते, सुन प्रतितोला ६०० रुपैयाँले उकालो लाग्दा एक लाख एक हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस वर्षको पहिलो दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार पनि चाँदी तोलामा २० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ४०० रुपैयाँ पुगेको थियो ।

 

Kumari Banner