GBIME

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोबार ?

1.66K
shares

काठमाडौं, १९ जेठ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । आज शुक्रवार सुनको मूल्य प्रतितोला ८ सयले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ ।

हिजो बिहिवार सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।