GBIME
Machhapuchhre

५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

600
shares
NCHL Banner

काठमाडौं, ५ मंसिर । साताको सुन कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य तोलामा ५ सयले रुपैयाँले बढेको छ । आज ५ सयले बढेको सुन प्रतितोला १ लाख १६ हजार २०० रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख १५ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा ५ रूपैयाँले बढेको छ । ५ रूपैयाँले बढेको चाँदी १ हजार ४५५ रूपैयाँमा खरिद बिक्री भइरहेको छ ।