Dhulikhel Eco Banner new

सेयर बजारमा हालसम्मकै उच्च कारोबार

1.64K
shares

काठमाडौं, १६ साउन । बुधबार नेप्से ६४.२५ अंकले बढेर दुई हजार ७ सय ६० दशमलब ९० विन्दुमा बन्द भएको छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसदिन नेप्से २.३८ प्रतिशतले बढेको हो ।

बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७४५ रूपैयाँ ९० पैसामा ८४ करोड ४९ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७.२८ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा माउन्टेन इनर्जी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६९४ रूपैयाँ ९० पैसामा ४१ करोड ९ लाख बराबरको सेयर कारोबार भएको छ।

सिभिल बैंक डिबेन्चर २०८८को मूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ। उक्त डिबेन्चरको एक हजार ७० रूपैयाँ कायम भएको छ। आत्मनिर्भर लघुवित्तको मूल्य ६.५२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ७९२ रूपैयाँ २० पैसा कायम भएको छ।।

१९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा ब्यापार समूह २.७ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक पनि हालसम्मकै उच्च भएको छ ।