Nepal Life Banner (End Date 5 Magh 2081)

नेप्से परिसूचकमा सामान्य गिरावट

1.3K
shares

काठमाडौं, १७ साउन । बुधबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.२९ अंकले घटेको छ । नेप्से २८०० बिन्दु छोएर २७५५ मा झरेको हो ।
अघिल्लो दिन २१ अर्ब ९१ करोडको कारोबार भएर उच्च रेकर्ड बनेको थियो भने बुधबार २१ अर्ब ७१ करोडको कारोबार भयो ।

जीवन बीमा समूह सबैभन्दा धेरै ३.६९ प्रतिशत तथा निर्जीवन बीमा १.७४ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स तथा निफ्रा क्रमशः अगाडि रहे ।

एचआईडीसीएल, नेपाल हाइड्रो डेभलपर्स, शुभम पावर, सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

७४ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ३ को स्थिर रह्यो । लगानी २.७४, फाइनान्स १.७७, होटल तथा पर्यटन ०.३५ प्रतिशत बढे ।

पिपुल्स हाइड्रोपावरको ९, रसुवागढी हाइड्रोपावरको ७, अपर सोलु हाइड्रोपावरको ६.७ तथा मन्दाकिनी हाइड्रोपावरको ६.५ प्रतिशत मूल्य घट्यो ।

बैंकिङ १.३९, विकास बैंक ०।७९, हाइड्रोपावर १.९० उत्पादन १.०४, माइक्रोफाइनान्स ०.८२, अन्य ०.२२ तथा व्यापार समूह ३.५४ प्रतिशत घटे । समग्र बजार घट्दा पनि ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।