सुनको मूल्यमा सामान्य गिरावट

416
shares

काठमाडौं, २ असोज । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य सामान्य अंकले घटेको छ । सुनको मूल्य प्रतितोला ३ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा १ लाख ५६ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बुधबार ३ सयले घटेर १ लाख ५६ हजार ४ सयमा कायम भएको हो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी घटेर १ हजार ८९० रुपैयाँ कायम भएको छ ।