सुनको भाउ स्थिर, चाँदीको भाउमा गिरावट

4.07K
shares

काठमाडौँ, ९ वैशाख  शुक्रबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख ९ गते, छापावाल सुन प्रतितोला एक लाख ९०० रुपैयाँ कायम रहेको छ । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो ।

साताको अन्तिम कारोबार दिन, चाँदी तोलामा नै २० रुपैयाँले गिरावट भएको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा झरेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।