Dhulikhel Eco Banner new

प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

715
shares

काठमाडौं, १८ असार । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला १ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंगलवार प्रतितोला १ लाख ९० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बुधवार १ हजार २ सयले बढेर तोलामा १ लाख ९१ हजार ७ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । मंगलवार तोलामा २ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार घटेर २ हजार १४५ रुपैयाँमा कायम भएको छ ।