GBIME

मोवाइल र मदिरासहित १० प्रकार वस्तु आयातमा पूर्ण बन्देज

1.8K
shares

काठमाडौं, १४ वैशाख   सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु, कच्चा पदार्थ ल्याउन भने छुट छ

४. हिरा औद्योगिक कच्चा पदार्थ बाहेक

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन ३२ इञ्चभन्दा माथिका

७. जीप, कार र भ्यानहरु एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

Premier Steel Banner