प्रतितोला १ हजार ४ सयले बढ्यो सुनको मुल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ मंसिर १५ सोमवार १२:२५
2.31K
shares
shares

काठमाडौं, १५ मंसिर । स्थानीय बजारमा सोमवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार प्रतितोला २ लाख ५२ हजार २ सयमा कारोबार भएको सुनको मुल्य सोमवार १ हजार ४ सयले बढेर तोलामा २ लाख ५३ हजार ६ सयमा कायम भएको हो ।
त्यस्तै, सोमवार चाँदीको मुल्य पनि ४५ रुपैयाँले बढेको छ । आइतवार प्रतितोला ३ हजार ४ सय ९० रुपैयामा कारोबार भएको चाँदीको मुल्य सोमवार तोलामा ३ हजार ५ सय ३५ रुपैयामा कायम भएको छ ।
















