Dhulikhel Eco Banner new

प्रतितोला १ हजारले घट्यो सुनको मुल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

2.12K
shares

काठमाडौं, २३ मंसिर । स्थानीय बजारमा मंगलवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार प्रतितोला २ लाख ५२ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य मंगलवार १ हजारले घटेर तोलामा २ लाख ५१ हजार ९ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ३ हजार ५ सय ८५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य मंगलवार तोलामा ३ हजार ६ सय रुपैयामा कायम भएको छ ।