२ दिने बिदाले कामचोर र भ्रष्ट कर्मचारीलाई फाइदा हुन्छ : सीईओ भट्टराई 

28.2K
shares

काठमाडौं, १४ वैशाख । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर आगामी जेठ १ गतेदेखि लागू हुने गरी सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेको हो ।

सरकारले गरेको यो निर्णयका विषयमा विभन्न टिकाटिप्पणी भइरहेका छन् । साताको दुई दिन बिदा दिदा दुरगामी असर के पर्छ ? भन्ने विषयमा सरकारले खासै मतलव गरेको देखिदैन । सरकारको यो निर्णयका विषयमा हामीले नेपाली बीमा कम्पनीकै प्रथम नेपाली सीईओ रमेश कुमार भट्टराईलाई सोध्यौँ, सरकारको यो निर्णयले कस्तो असर गर्ला ? केटिएम भ्वाइससँगको कुराकानीमा भट्टराईले यसले सकारात्मक असर नगर्ने बताए ।

महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले कामचोर र भ्रष्ट कर्मचारीलाई मस्ती हुने बताए । यो निर्णयले सेवाग्राही सर्वसाधारणलाई भने सास्ती बढ्ने उनको भनाइ छ ।

‘राष्ट्रिय स्तरमा दुरगामी प्रभाव पर्ने यस्ता निर्णयको उद्देश्य के हो त्यो बुझ्नु जरुरी हुन्छ, सरकारले यो निर्णय लिनु अघि तेलको आयात र खपत बढि भयो, यसकै  कारण बिदेशि मुद्राको संचिति घटन गयो’ सीईओ भट्टराईले भने, ‘तेलको खपत कम गर्न यो निर्णय लिनु परेको तर्क अघि सारेको छ, मेरो बिचारमा जुन उद्देश्य र कारण भनियो छ,त्यो सरासर गलत हो ।’

उनले सडकको क्षमता र देशको आवस्यक्ता भन्दा राजस्वको लागि गाडिको आयात गरिरहने अनि तेलको खपत कम गर्ने भनेर बिदा थप्दै जाने विषय सरासर नमिल्ने कुरा भएको बताए । यो दुई दिने बिदा को उद्देश्य त कर्मचारिको ऊत्पादकत्व बढाउन, सेवाग्राहिले पाउने सेवा छिटो छरितो सम्पादन गर्नको लागि अरु अनावश्यक बिदाहरु काटेर दुई दिने बिदा दिने भनेको भए प्रभावकारी हुने उनको बुझाइ छ ।

तर चुनावमा भोट बटुल्ने उद्देश्यले पहिले नै अत्यधिक बिदा दिई सकेको अवस्था छ । ‘अब आईतबारको थप बिदाले अन्तत्वगत्व कामचोर र भ्रष्ट कर्मचारीले मोज गर्ने भए, सेवाग्राहि सर्बसाधारण नेपाली जनता ठुलै मारमा पर्ने निश्चित छ’ सीईओ भट्टराईले भने ।

अहिले नै सार्वजनिक, पर्र्व र अरु बिदा गरेर १०० दिनको हाराहारीमा बिदा दिइएको छ । त्यो बिदा धेरै भएको र नेपाल जस्तो विकासको बाटोमा अग्रसर देशमा अहिले भएको बिदा कटौती गरेर जनता लाई बढि भन्दा बढि काम गर्न प्रेरित गर्नुपर्ने उनले बताए ।

‘बिदा माथि बिदा थपेर कर्मचारी लाई कामचोर बनाईदै छ भने सेवाग्राहि लाई झन–झन सास्ती दिने काम भएको छ’ सीईओ भट्टराई भन्छन्, ‘सरकारले सकेको भए अहिलेको बिदा काटेर सबैलाई हुने गरि ७ दिन राष्ट्रिय बिदा र ७ दिन पर्ब बिदा दिएर शनिबार र आईतबार बिदा दिएको भए राम्रो हुनेछ थियो ।’

एउटा कर्मचारीले वर्ष भरि पाउने घर बिदा, बिरामी बिदा, आकस्मिक बिदा, फोर्स(अनिवार्य) बिदा गरेर बर्ष दिनमा औसतमा ५० देखि ६० दिन बिदा पाउछन् । सरकारले पहिले नै स्वीकृत गरेको १०० दिन हाराहारिको सार्वजनिक, पर्ब र शनिबारको बिदा छ ।

अब आईतबारको थप बिदाले पनि आईतबार अरु बिदा परेको अवस्था हेर्दो औसतमा ४०÷४२ दिन बिदा बढ्छ । अब काम नगर्ने बिदा मात्र उपभोग गर्ने चाहना भएका कर्मचारिले ३६५ दिनमा मुस्किलले १५० दिन मात्र काम गर्नु पर्ने उनले बताए । सीईओ भट्टराईले भने, ‘अनि कसरी कर्मचारीको उत्पादकत्व बढछ र देशले बिकासको फडको मार्छ । तेसैले अहिले को दुई दिने बिदाको निर्णय स्वयम कर्मचारि र देशको हितमा छैन भन्न सकिन्छ ।’