GBIME

ताप्लेजुङमा आगलागीबाट १६ लाख क्षति

1.04K
shares

फुङ्लिङ, २२ वैशाख । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताएकी छिन् । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला पनि सो घरमा कोठभाडामा बस्दै आएका थिए । उनीहरुको पनि केहि सामान निकाल्न नसकिएको प्रहरी कार्यलयले जानकारी दिएको छ ।

Dhulikhel Eco Resort 1200*100