आजबाट हुँने बजेट अधिवेशनमा एमालेले बिरोध जारी राख्ने

3.98K
shares

काठमाडौं, ३ जेठ । आजबाट सुरु हुँने बजेट अधिवेशनमा नेकपा एमालेले बिरोध जारी खाख्ने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बिरोध जारी राख्ने भएको हो । उनले भनेका छन्, ‘सरकार र सभामुखले हाम्रा माग सुनुवाइ नगरेकाले विरोध यथावत् रहन्छ, तर नीति तथा कार्यक्रम पेस गर्ने दिन भने विरोधको शैली फरक पार्छौं ।’

सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । यो दिन विरोध गर्ने वा नगर्ने विषयमा एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा छलफल भएको बताइएको भट्टराईले बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन मंगलबार ४ बजेलाई बोलाएकी छन् ।माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै भदौ २३ देखि संसद् अवरोध जारी राखिरहेको छ ।

सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक प्रस्तुत गर्नेछन् ।