GBIME

जम्बुलिङ फिल्मसले मनाइयो १० औं वार्षिक उत्सव

1.9K
shares

 

 

काठमाडौँ । जम्बुलिङ फिल्मस प्रा. लि. ले १० औं वार्षिक उत्सव को अवसरमा
नव वर्ष २०७९ को शुभकामाना अदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम र
जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को घोषणा कार्यक्रम सम्पन्न भएको छ । गत
चैत्र २६ गते शनिवारका दिन काठ्माण्डौको गंगबु स्थित बिजिबाङक्येटमा उक्त
कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुखपुर्व पर्यटन, संस्कृति तथा नागरिक उड्यान राज्य मन्त्रि परशुराम
तामाङको प्रमुख आतिथ्यतामा र वरिष्ठ समाजसेवी एवं रा.ज.पा. को शसत्त युवा
नेता बिषेश अतिथि डा. भिमलाल तामाङले दिपप्रज्वलन गरि कार्यक्रमको
उद्बघाटन गरेका थिए ।

कला सांस्कृतिको संरक्षण र सम्बर्द्वनका लागि प्रत्यक्ष / अप्रत्यक्ष
रुपमा सहयोग गर्ने एक दर्जन भन्दा धेरै कलाकार हरुलाई कार्यक्रमबिच आयोजक
संस्थाले प्रमुख अतिथिको हातबाट दोसल्ला र सम्मान पत्रले सम्मान गरेको
थियो ।
म्हेन्दोमाया किङ गायक सागर एस. वाईबाको स्वागत मन्तब्यबाट सुरु भएको
कार्यक्रम गायक आशिस गोङ्बो तामाङले सञ्चालन गरेका थिए ।

श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ प्रा.
लि.ले जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ आगामी साउन महिनाभित्रमा गर्ने
भएको छ । ४८ वटा विधामा रहेको अवार्ड गत चैत्र २६ गतेदेखि यहि बैशख ३०
गते सम्म आवेदन खुल्ला रहेको छ भने जेठमा नोमिनेशन हुने भएको छ । आजैबाट
जम्बुलिङको कार्यलयमा वा जम्बुलिङ फिल्मस प्रा.ली का अध्यक्ष ९८४१०६७६६६
सम्पर्क गरि गीत संगीतमा आवद्ध कलाकारहरुले आ- आफ्नो बिधामा फारम भर्न
सकिने छ ।

 

 

 

 

Dhulikhel Eco Resort 1200*100