GBIME

बद्री सापकोटाको ‘स्यामुनानीलाई’ गीत सार्वजनिक 

1.92K
shares

काठमाडौं, १७ साउन । लोक गायक बद्री सापकोटाको ‘स्यामुनानीलाई’ गीत सार्वजनिक भएको छ । सोमबार गायक बद्री सापकोटाको अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

तिजलाई लक्षित गरेर निकालिएको यस गीतमा विशुद्ध मौलिक भाका रहेको छ । विशेषगरि पहिलाको समयमा आमा हजुरआमाहरूले विवाहमा रत्यौली खेल्न यस गीत गाउने गरेको गायक सापकोटा बताउँछन् ।

उनी भन्छन्, ‘यो विशुद्ध मौलिक भाका रहेको झ्याउरे गीत हो । विशेष गरी विवाहमा पहिला पहिला हाम्रो आमा, हजुरआमाहरूले रत्यौली खेल्दा यो गीत गाउने गर्नुहुन्थ्यो । त्यसमा मैले थोरै मौलिकता दिएको मात्र हो ।’ मौलिकताको संरक्षण र जगेर्ना गर्दै पुरानो गीतलाई नयाँपन दिएर उक्त गीत बजारमा ल्याएको उनको भनाई छ ।

विशुद्ध मौलिकतालाई झल्काउने यस गीतमा बद्री सापकोटा, विष्णीमाया सापकोटा र सुनिता बुढाथोकीको स्वर रहेको छ भने शब्द संयोजन र लय गायक सापकोटा स्वयमको नै रहेको छ । त्यसैगरि शब्द कृष्ण लामिछानेको रहेको छ । भिडियोमा अभिनय अर्जुन सापकोटा, रोशन देवकोटा, करिश्मा ढकाल, कृतिमा तिवारी र एैरिस कुँवरको रहेको छ भने भिडियो निर्देशन काजी श्रेष्ठले गरेका हुन् ।