सर्ट सर्किटबाट बच्नको लागि मङ्गलम वायर सेफ
वि.सं.२०७९ वैशाख ४ आइतवार १०:१९
shares
अहिलेको आधुनिकयुगमा विद्युतबिनाको दैनिकी कल्पना पनि गर्न सकिँदैन। विद्युतले जीवन सहज अवश्य बनाएको छ,तर सानो–सानो असावधानीले पनि ठुलो–ठुलो दुर्घटनाहरु घटेका समाचारहरु पनि नियमित रुपमा आइरहन्छन् । विद्युत शर्ट भएर आगलागी भएको घटनाहरु हाम्रो लागिकुनै नौलो हैन । यस्ता दुर्घटनाहरुले मानिसको अंग–भंग हुनेदेखि ज्यानै जाने र आर्थिक हिसाबमा पनि ठुलो रकमको धन–जनको क्षतिहुनुको साथै कारोबार नै बन्दगर्नुपर्ने सम्मको स्थिति आउन सक्छ ।
यस्ता धेरै समस्याको मुख्य कारण भनेको नै घर बनाउँदा वायरिङ्गको लागि प्रयोग गरिने पाइपको सहि छनोट गर्न नसक्नु नै हो। एक त नेपाली बजारमा यस्ता दुर्घटनाहरुबाट जोगाउने आधुनिक र सुरक्षित उत्पादनहरु नै त्यति उपलब्ध थिएन बजारमा र अहिले उपलब्ध उत्पादनको बारेमा पनि खासै धेरै मानिसहरुलाई थाहा छैन । त्यसैले उनीहरुले वायरिङ्गक ैलागि बनेको वायरसेफ पाइप प्रयोग गर्नुको सट्टा खानेपानीको लागि प्रयोग हुने पाइप अथवा अर्को कालो एच्डिपिइ पाइप प्रयोग गर्ने गर्दछन् । तर यस्तो पाइपहरु वायरिङ्गको लागि बनेको नहुने हुँदा शर्ट सर्किट भएको खण्डमा यस्तो पाइपहरुले सुरक्षा दिन सक्दैनन्।
उपभोक्ताहरुको सुरक्षालाई ध्यानमा राखेर यस्ता दुर्घटनाहरु कमगर्ने मुख्य उद्धेश्यको साथ मंगलम उद्योगले मंगलम वायरसेफ बजारमा ल्याएको हो । यी पाइपहरु विद्युतको कुचालक भएकाहुँदा यिनीहरु अग्नीप्रतिरोधी छन् । वायरसेफको मुख्य विशेषता भनेको यसमा भएको फायर रिटार्डेन्ट लो स्मोक (FRLSप्रविधि हो । जसले गर्दा तारहरु शर्ट भइहाले पनि आगो पाइपभित्रै निभ्छ र बाहिर फैलिन पाउँदैन, भन्नुको मतलब यी पाइपहरुको प्रयोग गरेपछि आफ्नो घरमाविद्युत शर्ट सर्किट भएर आगलाग हुने डरबाट सँधैको लागिमुक्त भइन्छ । यिनीहरुको जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदावायरिङ्ग गर्न सजिलो हुनुका साथै छोटो समयमानै बलियोसँग जोडिन्छन्।यसको साथै यिनीहरु कोरोजन रेसिस्टान्टभएको हुनाले धेरै टिकाउ हुने हुन्छन् जसले गर्दा मर्मत सम्भारको खर्च पनि स्वतःकम हुन्छ । यीपाइपहरु वजनमा धेरै हल्का र किफायतीत छन् नै, यिनीहरु वातारणमैत्रीपनि छन् ।