GBIME
Machhapuchhre

भारतको पुणेमा राष्ट्रिय तेक्वान प्रतियोगिता सम्पन्न

360
shares
NCHL Banner

पुर्णे २२ कात्तिक । देशको पहिलो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भारतको पुणे बालेवाडी खेलकुद परिसरमा सम्पन्न भएको । उक्त प्रतियोगितामा देशका १२ राज्यका २५० खेलाडीले सहभागिता जनाएका थिए ।

भारतमा आयोजना हुने पहिलो राष्ट्रिय तेक्वान प्रतियोगिताका लागि कोरियाबाट विशेष रुपमा आएका तेक्वान्दो कोरिया संघका अध्यक्ष जू युन सियो र विश्व तेक्वान महासंघका महासचिव पार्क ह्यो सूनको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय तेक्वान महासंघका अध्यक्ष रविन्द्र चोथ्वे, उपाध्यक्ष प्रभाकर ढगे, राष्ट्रिय सचिव राज वाग्दाकर, हाप्किडो बक्सिङ राष्ट्रिय महिला आयोगकी अध्यक्ष उषा नार्वेकरको सहभागिता थियो । विशेष अतिथि दीपक नार्वेकर, कोषाध्यक्ष सन्तोष बसवंते, महाराष्ट्र तेक्वान संघका उपाध्यक्ष सञ्जय पवार, निर्देशक प्रशान्त गायकवाड, सचिव जो. सचिन पवार, हाप्किडो बक्सिङका सहसचिव शब्बीर पठान, हाप्किडो बक्सिङ राज्य महिला आयोगकी राजेश्वरी कोठावाले, रञ्जना आढावलगायतको उपस्थित थियो ।

संयुक्त राष्ट्र संघले कोरियाली सम्पदाको रुपमा मान्यता दिएको तेक्वान कोरिया एसोसिएसनका अध्यक्ष जु ईन–सेले भारतमा तेक्वानको सुरुवात भएकोमा सन्तोष व्यक्त गरे । जु उन सेले भारत तेक्वान खेललाई प्रवद्र्धन गर्ने १४१ औँ मुलुक भएको बताए ।

दुई दिन सम्म भएको प्रतियोगितामा महाराष्ट्रले प्रथम, उत्तर प्रदेशले द्धितिय र तेलंगानाले तृतिय पुरस्कार हात पारे ।

राष्ट्रिय प्रतियोगितासँगै दक्षिण एसिया तेक्वान महासंघको पनि औपचारिक घोषणा गरिएको छ । पूर्व विधायक जगन्नाथ (अप्पा) शिन्देलाई दक्षिण एशिया महासंघको अध्यक्ष र राज वाग्डाकरलाई मुख्य सचिव नियुक्त गरिएको छ । कोरिया तेक्वान संघका अध्यक्ष जु युन सेओ र विश्व तेक्वान महासंघका महासचिव पार्क ह्यो सूनले दुवैलाई नियुक्ति पत्र दिएका थिए ।