“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” हरेक खरिदमा उपहार, बम्परमा बजाज पल्सर जित्ने अवसर

वि.सं.२०८२ असोज २६ आइतवार १५:२७
shares

काठमाडौं, २६ असोज । दसैंमा अपार सफलता पाएपछि सिप्रदी अटोपार्ट्स प्रा.लि. ले अब तिहार र छठ पर्वको विशेष अवसरमा “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की चिट्ठा योजना सार्वजनिक गरेको छ। ग्राहकहरूलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागीहरूले विभिन्न मूल्यवान् उपहारसहित नगद कुपन तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन्।
सिर्फ दुई हप्ताका लागि सञ्चालन हुने यो योजनामा सहभागी हुन ग्राहकहरूलाई टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ झोल पदार्थहरू तथा टाटा ड्युराफिट पार्ट्स खरिद गर्नुपर्नेछ। आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न चाहने ग्राहकहरूका लागि यो योजना निकै उपयोगी सावित हुनसक्ने सिप्रदी अटोपार्ट्सको विश्वास छ।
लक्की चिट्ठामार्फत ग्राहकहरूले खरिद रकमको आधारमा विभिन्न उपहारहरू जित्न सक्नेछन्। एक लाख रुपैयाँभन्दा बढीको खरिद गर्दा बम्पर उपहारस्वरूप बजाज पल्सर १५० सिसि मोटरसाइकल जित्न सकिनेछ। यस्तै, पचहत्तर हजार रुपैयाँभन्दा बढीको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, पच्चीस हजार रुपैयाँभन्दा बढीको खरिदमा स्मार्ट टेलिभिजन र पाँच हजार रुपैयाँभन्दा बढीको खरिदमा स्मार्ट मोबाइल फोन जित्ने अवसर प्रदान गरिएको छ।
यसबाहेक, हरेक खरिदमा एक हजार रुपैयाँसम्मको नगद कुपन पनि ग्राहकले ग्यारेन्टीसहित प्राप्त गर्न सक्नेछन्।
सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लचजस्ता महत्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ। यसले सवारीसाधनको मर्मत खर्च घटाउनुका साथै समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ। नेपालमा टाटा मोटर्सद्वारा उत्पादित तथा सिफारिस गरिएका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ झोल पदार्थहरू र टाटा ड्युराफिट पार्ट्सका लागि सिप्रदी अटोपार्ट्स प्रा.लि. । नै एक मात्र आधिकारिक वितरक हो।
नेपालभरिका व्यवसायिक सवारीधनीहरूको विश्वास जित्दै आएको टाटा जेन्युइन पार्ट्स अब पर्व विशेष योजनासहित उपलब्ध भएकाले ग्राहकहरूले छुट, उपहार र गुणस्तरीय सेवा एकै साथ प्राप्त गर्ने अवसर पाउनेछन्।