अन्तर्राष्ट्रिय पत्रकार युनियनको उपाक्ष्यक्षमा पुरी, कुँवर र धमला बने सदस्य

वि.सं.२०८२ असोज २४ शुक्रवार १३:३७
shares

काठमाडौं, १० अक्टोबर । श्रमजीवी पत्रकारका अगुवा तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिव रोसन पुरी इन्टरनेसनल जर्नलिस्ट युनियन को नयाँ कार्यसमितिमा उपाध्यक्षमा नेपाली चयन भएका छन् । गत अक्टोबर ५ मा सम्पन्न अधिवेशनले चिलीका पत्रकार फेलिपे भिला प्रादो नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । प्रादो नेतृत्वको कार्यसमितिमा नेपाली पत्रकार पुरी उपाध्यक्ष चयन भएका हुन् ।
नयाँ कार्यसमितिमा चिलीका पत्रकार प्रादो अध्यक्ष चयन भए भने मेक्सिकोका हेक्तोर पार्रा गोंजालेज, पुएर्तो रिकोकका नेल्सन डेल कास्तियो, श्रीलंकाकी दुलाशी डरमासेना (महिला प्रतिनिधित्वका लागि) उपाध्यक्ष निर्वाचित भएका छन् ।
साथै, पाकिस्तानका जेड. ए. मुहम्मद महासचिव, श्रीलंकाका सुदेवा हेतियाराच्ची र चेक गणराज्यका मार्टिन कालोस सहमहासचिव, चेक गणराज्यकी डेनीसा पेत्रिलाकोवा कोषाध्यक्ष र पोल्यान्डका मारेक ट्राच्जिक कार्यसमित् अध्यक्ष निर्वाचित भएका छन्।
कार्यसमित्का सदस्यहरूमा नेपालका दिपेन्द्र कुँवर, चिलीका जेमी भिडारोएल, मेक्सिकोका रेने वेगा गिल्स, चेक गणराज्यका रोमन बास्को, पाकिस्तानका अदिल शाहिद, र नेपालका सबिन धामला चयन भएका छन् ।