Dhulikhel Eco Banner new

खर्च विवरण नबुझाउने चार हजार ६ सय २७ जनालाई जरिवाना

4.21K
shares

काठमाडौं, १२ असोज । स्थानीय तह निर्वाचनमा समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने महोत्तरीका चार हजार ६ सय २७ जनालाई जरिवाना गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी सुबोधकुमार महतोका अनुसार महोत्तरीका १५ स्थानीय तहका प्रमुख,उपप्रमुख,अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित तथा खुल्ला सदस्य पदका गरी जम्मा चार हजार ६ सय २७ उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ ।

जिल्लामा रहेका १५ स्थानीय तहमा उम्मेदवार बनेका चार हजार आठ सय २९ उम्मेदवारमध्ये दुई सय दुई जनाले मात्र निर्वाचनमा खर्च गरेको खर्च विवरण बुझाएको तथा बाँकी चार हजार ६ सय २७ जनाले खर्च विवरण नबुझाएको उनले जानकारी दिए ।

निर्वाचन आयोगले नगरपालिकाका प्रमुख,उपप्रमुखका उम्मेदवारलाई चार लाख ५० हजार र वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवारलाई जनही दुई लाखको दरले जरिवाना तोकेको छ ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलाई तीन लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यहरुलाई एक लाख ५० हजारका दरले जरिवाना तोकिएको छ ।

निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहेकामा जिल्लामा निर्वाचनमा चार हजार आठ सय २९ उम्मेदवारमध्ये दुई सय दुईजनाले मात्रै खर्च विवरण बुझाएका थिए भने चार हजार ६ सय २७ जनाले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन् ।

जिल्लाका चार हजार ६ सयभन्दा बढी उम्मेदवारहरुले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको समेत बेवास्ता गरेका थिए ।