शाइन रेसुङ्गाले ल्यायो विभिन्न डिजिटल उपहार

वि.सं.२०७९ असोज १२ बुधवार १६:२७
shares

काठमाडौं, १२ असोज । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं” भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसीएल र एनटीसीबाट गरिने हरेक टपअप कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।
त्यसैगरि, बैंकले इ सेवा वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाता लिंक गरि रकमान्तर गर्ने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले ज्गबधभष् ज्यलयच एबम ह्ड प्राप्त गर्न सक्ने जानकारी समेत दिएको छ ।
बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोलुसन प्रा.लिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग आवद्ध भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरि भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० सम्मको छुट प्राप्त गर्नसक्नेछन् । यो छुट पहिलो २०० जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्न सक्नेछन् ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
यस विकास बैंकले ग्रामिण बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै वित्तीय पहुँचमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
नेपाल राष्ट्र बैङ्कबाट जारी निति निर्देशन तथा अन्य प्रचलित ऐन कानुनको पूर्ण पालना गर्दै संस्थागत सुसाशन, नविनतम सोच, सरल र सहज ग्राहक सेवा र सम्पूर्ण स्टेकहोल्डर्सको हितमा कार्य गर्ने संस्कारलेनै यस विकास बैंकलाई नेपालको अग्रणी विकास बैंकको रुपमा स्थापित गरेको छ ।