Dhulikhel Eco Banner new

‘बैंकको ब्याजदर घटे पनि व्यवसायमा लगानी गर्ने परिस्थिति भने सिर्जना भएको छैन’

7.5K
shares

काठमाडौं, १ फागुन । केटिएम भ्वाइसको नियमित श्रृंखला ‘विजनेश भ्वाइस’ मा हामी निजी क्षेत्रका व्यक्तिहरुको आवाज पस्कने गरेका छौँ । काठमाडौं उपत्यकाभित्रका मात्रै नभएर देशैभरीका उद्योगी व्यवसायीहरुको आवाज सिंहदरबारसम्म पुगोस भनेर हामीले यो श्रृंखला सुरु गरेका हौँ । विजनेश भ्वाइसको यो श्रृंखलामा हामीले उद्योग वाणिज्य संघको अध्यक्ष दिपेन्द्रकुमार बलम्पकीसँग केटिएम भ्वाइसकी दिक्षा दाहालले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

लालबन्दीको उद्योग व्यवसायको अवस्था के छ ?
लालबन्दी उद्योग व्यवसायको अवस्था खुम्चिएको छ । यतिबेला व्यवसायीहरुको अवस्था एकदमै नाजुक छ ।

तपाईको नेतृत्वमा संघले के कसरी स्थानीय उद्योग र वाणिज्यलाई प्रवद्र्धन गर्ने योजना बनाएको छ ?
हामीले यो समस्यालाई हेर्दा स्थानीय तहबाट नै समाधान हुने खालको अवस्था छैन । हामीले स्थानीय तहमा, स्थानीय सरकारसँग र व्यवसायमा कसरी प्रवद्र्धन गर्ने भन्ने खालको कुरा बहस गरिराखेका अवस्था छौं । त्यसैगरी, उद्योग व्यवसायहरुलाई चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सरकारबाट के सहयोग पुग्छ भन्नेबारे बुझिरहेको अवस्था छ ।

केन्द्रिय स्तरमा सरकारले सहयोग नगरेका भनेर उद्योगी व्यवसायीहरुले धेरै गुनासो गरेको सुनिन्छ । निजी क्षेत्रका लागि प्रदेश वा स्थानिय सरकारले कत्तिको सहयोग गरेका छन् ?
प्रदेश सरकारले व्यवसायहरुलाई चलायमान बनाउनका लागि नितिगत निर्णय बनाएको छैन । प्रदेश सरकारले त्यस्तो राम्रो भूमिका खेलेको अवस्था छैन् ।

अहिले उद्योग व्यवसाय गर्नका लागि चुनौतिहरु के के छन् ?
हाम्रो लालबन्दी भनेको खुल्ला सिमाना बोर्डर नजिक भएको ठाउँ हो । त्यसकारण खुल्ला सिमानाहरु भएका कारण त्यहाँ छुटै नदी नाला छन् । स्थानको सिमा सानो छ । यी कुराहरुले लालबन्दीका व्यवसायहरुलाई असर गरेको छ ।

केहि वर्ष पहिले बैंकको ब्याज बढेर ऋण लिनै गाह्रो अवस्थामा थियो, अहिले ब्याज घटेको छ । नयाँ व्यवसायहरु सुरु हूने कत्तिको देख्नु हुन्छ ?
बैंकको ब्याजदर घटे पनि व्यवसायमा लगानी भने जोखिम नै छ । लगानीकर्ता व्यवसायले ब्याज घटे पनि लगानी गर्ने जस्तो परिस्थिती भने सिर्जना भएको छैन । त्यसकारण ब्याजदर घटेको सम्बन्धी सरोकार नै रहेन ।

 अन्तमा एउटा उद्योग व्यवसायीको नेतृत्वका हिसाबले केही भन्न चाहानु हुन्छ ?
अहिले अवस्थामा ३ तहको सरकार छ, ३ तहबाटै व्यवसायीहरुको मर्मलाई बुझेर व्यवसाय सञ्चालनको लागि विशेष नितीगत रुपमा निर्णय लिन जरुरी छ । व्यवसाय चलायमान बनाउँनको लागि अहिले समस्या चुनौतीहरु धेरै आएको छ । ती चुनौतीहरुलाई सामाना गर्दै अघि बढ्न जरुरी छ ।