Dhulikhel Eco Banner new

निजी क्षेत्रका कतिपय सुझावहरू मौद्रिक नीतिमा समेटिएको छः संस्थापक अध्यक्ष कटुवाल

4.32K
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले राष्ट्र बैंकले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्।

कटुवालले निजी क्षेत्रका कतिपय सुझावहरू मौद्रिक नीतिमा समेटिएको जनाउँदै यसले निजी क्षेत्रको आत्मविश्वास बढाएको बताएका हुन् ।

“सबै डिटेलमा त हेरेको छैन, तर मोटामोटी सुन्दा राम्रो लाग्यो र स्वागतयोग्य लागेको छ,” उनले भने, “यसको कार्यान्वयनको पाटो त छँदैछ, तर नीति राम्रो आएको हो।”

उनले नीति राम्रो आए पनि त्यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेकोमा जोड दिएका छन्। मौद्रिक नीतिबाट बैंकिङ क्षेत्र, लगानी वातावरण र निजी क्षेत्रबीच सन्तुलन कायम हुने अपेक्षा समेत उनले व्यक्त गरे।