साना किसान विकास लघुवित्तद्धारा सीईओ माग, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?

वि.सं.२०८२ असोज ३० बिहीवार ०९:५७
shares

काठमाडौं, ३० असोज । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले रिक्त रहेको सीईओ पद खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट पदपूर्ति गर्ने गरी योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो।
संस्थाले जारी गरेको सूचनाअनुसार, इच्छुक उम्मेदवारले चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संघरसंस्थामा अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्ष काम गरेको अनुभव अनिवार्य गरिएको छ।
उम्मेदवारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ५ ९घ० बमोजिम अयोग्य नहुने अवस्था कायम भएको प्रमाणित गर्नुपर्नेछ।
इच्छुक र योग्य व्यक्तिले आवश्यक कागजातहरू संलग्न गरी कात्तिक १९ गतेभित्र साना किसान विकास लघुवित्तको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा खामबन्दी आवेदन दिन सक्नेछन्।