ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा कात्तिक २६ गते, बुक क्लोज कहिले ?

वि.सं.२०८२ असोज ३० बिहीवार १०:२९
shares

काठमाडौं, ३० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी कात्तिक २६ गते ९बुधबार० १९औं वार्षिक साधारणसभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने भएको छ। बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
त्यसका साथै, बैंकको प्रबन्धपत्र वा नियमावलीमा व्यवसायिक उद्देश्य थप गर्ने र नियमनकारी निकायबाट आवश्यक हेरफेर वा संशोधन गर्न निर्देशन भएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पेश गरिनेछ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, कात्तिक १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।