Dhulikhel Eco Banner new

केपी ओली हारे, तर हारेन उनको दम्भ, बालेन शाहलाई हेपाहा शैलीमा दिए बधाई

3.77K
shares

काठमाडौं, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा लज्जास्पद हार बेहोरे पनि उनको दम्भ भने सकिएको छैन । चुनावमा हारे पनि उनले आफ्नो रवाफ देखाउने काम भने छाडेका छैनन् ।

केपी ओली विरुद्ध बालेन शाहले ऐतिहासिक जित निकालेका छन् । संसदीय इतिहासमै सबैभन्दा बढी मत ल्याएर जितेका बालेन शाहलाई ‘बाबु’ भन्दै केपी ओलीले हेपाहा शैलीमा बधाई दिएका छन् ।

दुई तिहाई बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री बन्ने कन्फर्म भएका व्यक्तिलाई सानो बच्चालाई जसरी हेपाहा शैलीमा बधाई दिएको भन्दै केपी ओलीको आलोचना भइरहेको छ ।