बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ५.६ प्रतिशतले वृद्धि
वि.सं.२०८२ फागुन २७ बुधवार १८:१०
shares

काठमाडौं, २७ फागुन । नेपालमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंक ले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ५।६ प्रतिशतले बढेको छ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४।० प्रतिशत अर्थात् २ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँले वृद्धि भई ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको देखिएको छ।
माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत रहेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ४.२ प्रतिशत, विकास बैंकहरूको ३.० प्रतिशत र वित्त कम्पनीहरूको १.८ प्रतिशतले वृद्धि भएको छ।
माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० सुरक्षणमा १५।० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्ष २०८२र८३ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फ १०.६ प्रतिशत, निर्माण क्षेत्रतर्फ ८.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ६.८ प्रतिशत तथा औद्योगिक उत्पादन क्षेत्रतर्फ ४.८ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।















