Dhulikhel Eco Banner new

सात महिनामा अन्तर–बैंक कारोबारमा कमी, ६ खर्ब ३६ अर्बमै सीमित

11.36K
shares

काठमाडौं, २७ फागुन । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा नेपालमा अन्तर–बैंक कारोबार घटेको देखिएको छ।

नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार वाणिज्य बैंकहरूले सात महिनामा ५ खर्ब ५९ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरूले ७६ अर्ब ३६ करोड गरी कुल ६ खर्ब ३६ अर्ब २२ करोडको अन्तर–बैंक कारोबार गरेका छन्।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ९ खर्ब ३७ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरूले १ खर्ब ०२ अर्ब २० करोड गरी कुल १० खर्ब ४० अर्ब १ करोडको अन्तर–बैंक कारोबार भएको थियो।

प्रतिवेदनले यो घटबढलाई बैंकिङ प्रणालीमा तरलता र बजार परिस्थिति अनुसार व्याख्या गर्दै अन्तर–बैंक कारोबारमा कमी आएको देखाएको छ।