Dhulikhel Eco Banner new

उदयपुरबाट जितेका रास्वपा सांसद कालोसूचीमा, बद्नाम कम्पनीका सञ्चालक रहेको पुष्टि

62.32K
shares

काठमाडौं, २७ फागुन । उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सूर्यबहादुर तामाङ कालोसूचीमा रहेको पाइएको छ । तामाङको नाम कर्जा क्रेडिट इन्फरमेसन ब्यूरो (सिआईबी)ले कालोसूचीमा राखेको छ ।

सिआईबीले तामाङलाई ५७ हजार ८२३ नम्बरमा कालोसूचीमा राखेको छ । तामाङसँगै उनका साझेदार लिला राई पनि कालोसूचीमा परेका छन् ।

सिआईबीले आफ्नो वेबसाइटमा नै तामाङको नाम सार्वजनिक गरेको छ । उनी बद्नाम कम्पनी मकालु काञ्जीरुवा अटो लिंकका सञ्चालक हुन् । उनको कम्पनीले खातामा पैसा नभएको चेक दिने, ऋण नतिर्ने जस्ता कारणले बद्नाम छ ।