Dhulikhel Eco Banner new

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.64K
shares

काठमाडौं, २८ फागुन । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.८७ अंकले बढेर २,८२० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ५५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा कुमारी सबल योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ३.७२ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन एनआइबिएल ग्रोथ फन्डका लगानीकर्ताले ३.५४ प्रतिशतका दरले गुमाएका छन् भने त्रिशुली जलविद्युतका लगानीकर्ताले ३.१४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी आखुखोला जलविद्युतका लगानीकर्ताले ३.०३ प्रतिशतका दरले गुमाएका छन् भने कालीका पावरका लगानीकर्ताले २.४७ प्रतिशतका दरले गुमाएका छन् ।