सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा
वि.सं.२०८२ चैत १ आइतवार १०:३६
715
shares
shares

काठमाडौं, १ चैत । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको लाभांश घोषणा भएको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५.२६३२ लाभांश वितरणको निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने छ।














