माउन्ट एभरेष्ट पावरको आईपीओ सर्वसाधारणका लागि खुला
वि.सं.२०८३ असार ३ बुधवार ०९:४३
shares

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको प्राथमिक सेयर (आईपीओ) आज (असार ३) देखि सर्वसाधारणका लागि खुला गरिएको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको सेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुलाएको हो।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो। त्यसमध्ये स्थानीयका लागि ८ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ७२ हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ।
त्यस्तै, कर्मचारीका लागि ३४ हजार ४०० कित्ता र सामूहिक लगानी कोषका लागि ८६ हजार कित्ता सेयर छुट्याइसकिएको छ। बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता सेयर अब सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा असार ८ गते र ढिलोमा असार १७ गतेसम्म बन्द हुनेछ।















