Dhulikhel Eco Banner new
HRM

देशको अर्थतन्त्र अझै पनि दबाबमै छ : अर्थमन्त्री पौडेल 

1.4K
shares

काठमाडौं, १० माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र अझै पनि दबाबमा रहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उनले लामो समयदेखि दबाबमा रहेको अर्थतन्त्रले अझै पनि सकस भोगिरहेको बताएका हुन् ।

मुलुकको अर्थतन्त्र अझै पनि दबाबमा रहेकाले त्यसलाई चिर्दै सरकार अगाडि बढिरहेको उनले बताए । सुधारका काम गरेर अगाडि बढे मात्र निराशालाई आसामा परिणत गर्न सकिने उनको भनाई छ।

हामीले त्यतिकै दिन बिताएर बस्ने अवस्था छैन, छोटो अवधिमा दूरगामी प्रभाव पार्ने काम गरिरहेका छौं, हामी दिन गनेर बसेका छैनौं, त्यसमा केही संकेत पनि देखिएको छ उनले भने ।

हामीसँग समयको चाप छ, मानिसहरुमा निराशा छ, त्यसलाई हटाउनु पर्ने अवस्था छ, देशभित्र रोजगारी सिर्जना गर्न र देशमै भविष्य देखाउनका लागि महत्वपूर्ण काम गरिरहेका छौं, सुशासन, विदेशी लगानी र रोजगारी सिर्जनामा प्रगति गर्न चाहेको उनले बताए ।

संकट र चुनौतीलाई पार गर्दै वाणिज्य बैंक यहाँसम्म आएको उनले बताए। आगामी दिनमा सेवाको हिसाबले वाणिज्य बैंकले अरु बैंकलाई उछिन्न अर्थमन्त्री पौडेलले निर्देशन समेत दिए। बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न उनले आग्रह पनि गरे।

उनले भने, ‘बैंकको प्रगति सञ्चालक समिति, व्यवस्थापनमा मात्रै भर पर्दैन बैंकका कर्मचारीमा पनि भर पर्छ ।’ उनले सबैको साझा उद्देश्य बैंकको प्रगति भएको भन्दै कर्मचारीले व्यक्तित्व विकासलाई अगाडि राखेर काम गर्नुपर्ने बताए ।