Dhulikhel Eco Banner new
HRM

बैंक डुब्दैछ भन्ने हल्लाको पछि नलागौं : गभर्नर अधिकारी

1.31K
shares

काठमाडौं, १० माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले सुपरिवेक्षण तथा नियमन विभागबाट निगरानी गरिरहेको भन्दै बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । बिहिबार राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सवमा बोल्दै उनले बैंक डुब्दैछ भन्ने सामाजिक सञ्जालमा भ्रम फैलाएको हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

उनले बैंक वित्तीय संस्थामा समस्या आउनु सामान्य रहेको भन्दै उनले निक्षेपकर्तालाइ डुब्न नदिने बताएका छन् । उनले राष्ट्र बैंकले सबै वित्तीय संस्थालाई नजिकबाट हेरिरहेको पनि बताए ।
आर्थिक गतिविधि कम भएको समयमा केही संस्थालाई समस्या परेको हुन सक्ने उनले भने।

राष्ट्र बैंकले हेर्ने संस्थामा प्रशस्त प्रोभिजन भएकाले डराइ हाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।अधिकारीले संस्था रहेमात्रै कर्मचारी रहने भन्दै कर्मचारीको सन्तुष्ट रहनुपर्ने बताए । उनले व्यवस्थापन र कर्मचारीबिच भएको विवाद सल्लाह गरेर समाधान गर्नुपर्ने भन्दै उनले ब्रान्चका कर्मचारीलाई काउन्सिलिङ गर्नुपर्ने बताए ।

उनले बैंकहरुलाई कर्जा विस्तार गर्न आग्रह पनि गरे । त्यस्तै, उनले राष्ट्रिय वाणिज्य बैंकलाई यस ठाउँमा ल्याउनका लागि राष्ट्र बैंकको पनि महत्त्वपूर्ण भूमिका रहेको जानकारी दिए । यस बैंकको सेवा तथा व्यवसाय विस्तारका लागि सधै राष्ट्र बैंकले साथ दिने समेत उनले प्रतिबद्धता जनाए ।