Dhulikhel Eco Banner new
HRM

राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको छ : गभर्नर

1.95K
shares

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालमा राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको बताएका छन् । शुक्रबार आफ्नो कार्यकालको समीक्षा गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीका अनुसार, ‘मेरो कार्यकालको दोस्रो वर्षमा पुग्दै गर्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको र केन्द्रीय बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको अवस्था उत्पन्न भएको थियो’ उनले थपे, ‘केन्द्रीय बैंक सञ्चलनको विश्वव्यापी मान्यता र मर्म अनुरूप, यस बैंकको स्वायत्ततालाई अछुन्न राखिदिनुहुने सर्वोच्च अदालत लगायतलाई कृतज्ञता व्यक्त गर्दछु ।’

अधिकारीले आफ्नो कार्यकालमा संस्थागत सुधार र विश्वसनीयता निर्माणमा मुख्य ध्यान केन्द्रित गरेको बताएका छन्। उनले भने, ‘अब नयाँ गभर्नरको नेतृत्वमा राष्ट्र बैंक अझ बढी सशक्त र स्वतन्त्र हुने आशा व्यक्त गर्दछु ।’

नेपाल राष्ट्र बैंकका १७औँ गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल आगामी चैत २४ गते सकिँदैछ । यस अवधिमा राष्ट्र बैंकले महत्त्वपूर्ण निर्णयहरू र नीतिहरू ल्याएको छ, जसले अर्थतन्त्रको स्थिरता र बैंकिङ क्षेत्रमा सुधार ल्याउन मद्दत पुर्याएको गभर्नर अधिकारीको भनाइ छ ।