Dhulikhel Eco Banner new
HRM

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र वैशाख ७ गतेदेखि खुल्ने

1.68K
shares

काठमाडौं, २७ चैत । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ७ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ। ७ वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन् । अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन हुन लागेको हो ।

जसमध्ये ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ । छिटोमा वैशाख १० गतेसम्म र सो अवधिसम्म पूर्ण रुपमा बिक्री नभएमा २१ गतेसम्म लगानी आवेदन दिन सकिनेछ ।

पूर्ण सरकारी स्वामित्वको यो बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल छ ।