काठमाडौं महानगरको बजेट आइतवार सार्वजनिक हुने
वि.सं.२०८२ असार २७ शुक्रवार १५:३६
shares

काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट २९ असार गते (आइतवार) सार्वजनिक गर्ने भएको छ।
महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले आइतबार बिहान ९ बजे कार्यपालिका बैठक र त्यसपछि दिउँसो २ बजे नगरसभा बस्ने जानकारी दिएका छन्।
सो नगरसभामार्फत बजेट सार्वजनिक गरिनेछ। शुक्रवार बसेको ४०औं नगर कार्यपालिका बैठकमा मेयर शाहले बजेट सार्वजनिक गर्ने प्रस्ताव राखेका थिए।शुक्रवार काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा २५ अर्ब ११ करोड बराबरको सीमा निर्धारण गरेको छ ।
राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो । आइतवार सार्वजनिक हुने बजेट सोही सीमा अनुसारको हुने महानगरले जनाएको छ।















