Dhulikhel Eco Banner new
HRM

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा ढकाल नियुक्त

949
shares

काठमाडौं, २ साउन । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढकाललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बैंक सञ्चालक समितिको सदस्यमा नियुक्ति गरेपछि बिहान बसेको समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो ।

राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक ढकालले लामो समय बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरीवेक्षण विभागमा रहेर काम गरेका थिए । उनलाई बैंकको अपरेसन तथा प्रशाकका विज्ञका रुपमा लिइन्छ । ढकाल चार वर्षका लागि अध्यक्षको जिम्मेवारीमा नियुक्त भएका हुन् ।