Dhulikhel Eco Banner new
HRM

गभर्नर पौडेलको नियुक्तिविरुद्ध अख्तियारमा उजुरी

611
shares

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरीमा गभर्नर पौडेलको शैक्षिक पृष्ठभूमि राष्ट्र बैंक ऐनले तोकेको मापदण्डअनुसार नपुगेको भन्दै नियुक्ति प्रक्रिया नै प्रश्नयोग्य रहेको उल्लेख गरेको छ।

पौडेलले पेश गरेको प्रमाणपत्र अनुसार उनी सफ्टवेयर इन्जिनियरिङमा स्नातक, रिसोर्स एग्रिकल्चरमा स्नातकोत्तर तथा विद्यावारिधी गरिएका छन्। तर, राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नरको लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन वा वाणिज्य कानूनमा स्नातकोत्तर डिग्री अनिवार्य मानिएको छ।

उजुरीमा पौडेलले आवश्यक योग्यता नपुर्दा अर्थतन्त्रको संवेदनशील क्षेत्रमा जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

साथै, उनी विभिन्न बैंक तथा वित्तीय संस्थामा मुख्य शेयर लगानीकर्ता रहेको, नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएको र राष्ट्र बैंकलाई राजनीतिक प्रभावमा ल्याउने प्रयास भइरहेको आरोपसमेत उजुरीमा उल्लेख छ।

पौडेलले हाल ‘प्रा.डा.’ उपाधि प्रयोग गरिरहेको तर सो उपाधिमा पनि आशंका रहेको दाबी उजुरीकर्ताले गरेका छन्।