श्रीनगर एग्रीटेक इन्डष्ट्रिजलाई आईपीओ निष्कासनको अनुमति

वि.सं.२०८२ साउन १३ मंगलवार १७:२२
728
shares
shares

काठमाडौं, १३ साउन । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त गरेको छ। सेबोनले मंगलवार अनुमति प्रदान गरेसँगै कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउने भएको हो।
कम्पनीले अब ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३१ लाख ६२ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्नेछ। यस आईपीओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।