Dhulikhel Eco Banner new
HRM

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

741
shares

काठमाडौं, १३ साउन । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्काशन गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

कम्पनीले १०० अंकित दरमा ३० लाख कित्ता शेयर, अर्थात् जम्मा  ३० करोड बराबरको साधारण शेयर सार्वजनिक निष्काशन गर्ने तयारी गरेको हो। सो सम्बन्धमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री विजय लाल श्रेष्ठ र इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डका अध्यक्ष डा. मनिष थापाबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो । ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ। ग्लोबल इक्विटी फण्ड नेपालकै पहिलो धितोपत्र बोर्डबाट अनुमति प्राप्त प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल फण्ड प्रबन्धक हो।

फण्डले स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी, सौर्य र जलविद्युत, सूचना प्रविधि, कृषि, तथा आतिथ्य क्षेत्रमा कार्यरत कम्पनीहरूमा पूँजी परिचालन गरिसकेको उल्लेख गरिएको छ। कम्पनीका प्रमोटर संस्थाहरूमा हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स तथा व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरी जस्ता प्रतिष्ठित नामहरू रहेका छन्।