कुशल नेतृत्व नहुँदा समस्यामा जनउत्थान लघुवित्त, निस्कृय कर्जा आकासिदै
वि.सं.२०८२ भदौ ३० सोमवार १६:३१
shares

काठमाडौं, २२ भदौ । कुनै पनि संस्थामा नेतृत्वका कारण धेरै प्रभाव पर्छ । असल नेतृत्व आउदा संस्था उकालो लाग्छ भने खराब नेतृत्व आउदा संस्था बर्बादीतिर जान्छ । यस्तै उदाहरण बनेको छ, रुपन्देहीको बुटवल केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ।
जनउत्थान सामुदायिक लघुवित्त कुनै बेलाको राम्रै संस्था हो । तर पछिल्लो समय संस्थाको ओरालो यात्रा निरन्तर छ । अन्य संस्थाहरुले राम्रै मूनाफा कमाउदा पनि यो लघुवित्तले गत वार्षिक वर्ष जम्मा १ करोड ४६ लाख रुपैयाँ मात्रै मूनाफा आर्जन गरेको छ । यो आफैमा एउटा लज्जास्पद पक्ष हो ।
यो पनि पढ्नुहोस्ः फस्र्ट माइक्रोफाइनान्स : फेसबुकमा मस्त कर्मचारी, जोसुकै आओस् ‘बाल मतलव’ !
अर्को तर्फ जनउत्थानको निस्कृय कर्जा पनि ह्वात्तै बढेको छ । संस्थाले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार ६ प्रतिशत भन्दा बढी निस्कृय कर्जा (एनपिएल) देखिएको छ । लघुवित्तमा कार्यरत एक उच्च तहकै कर्मचारीका अनुसार सार्वजनिक वित्तीय विवरणमा ६।१६देखिए पनि वास्तविकतामा १० प्रतिशत भन्दा माथि छ । ‘वास्तविकता भनेको हात्तिको देखाउने दाह्रा जस्तै हो हजुर’ केटिएम भ्वाइसको सम्पर्कमा आएका सोही संस्थाका एक कर्मचारीले भने, ‘एनपिएल १० माथि छ, सीईओको काम गर्ने शैली पनि राम्रो छैन ।’
उनले संस्था धराशायी बन्दै गएको तर यस विषयमा सीईओले कुनै वास्ता नगरेको बताए । कोही कर्मचारीले संस्थालाई राम्रो बनाउन यसौ गरौ भन्दा पनि सीईओले हप्काएर पठाउने गरेको उनको गुनासो छ । ‘कुशल नेतृत्व नहुँदा हाम्रो संस्था समस्यामा नै छ हजुर, राष्ट्र बैंकसम्म कुरो पुगे केही हुन्त्थ्यो कि’ ति कर्मचारीले भने ।
संस्थाको सीईओको रुपमा अहिले सुनिल कुमार राय रहेका छन् । उनी २०८० जेठ ७ गतेदेखि लागूहुने गरी संस्थाको सीईओ नियुक्त भएका थिए । संस्थाकै कर्मचारीहरुले यस्तो गुनासो गर्न थालेको बारे हामीले सीईओ रायलाई सोधेका थियौँ । सीईओ रायले गलत भएको दावी गरे ।
निस्कृय कर्जा धेरै रहेको विषयमा भने रायले स्वीकार गरे । उनले संस्थामा ६.१६ प्रतिशत निस्कृय कर्जा रहेको बताएका छन् । उनका अनुसार, कर्मसियल बैंकको नै त्यति पुग्न लागीसक्यो हाम्रो पुग्नु कुनै ठुलो कुरा होइन । ‘एनपिएल ६.१६ प्रतिशत नै छ’ उनले भने, कमसियल बैंकको नै त्यति पुग्न लागीसक्यो हाम्रो पूग्दा के फरक पर्छ । ’
संस्थामा रिकभरी नभएर एनपिएल बढेको उनको भनाई छ । उनले संस्थाको कर्मचारी आइडिया ल्याउनु त सकारात्मक पक्ष रहेको बताउदै र त्यसलाई इम्प्लिमेन्ट गर्ने गरेको दावी गरे । ‘संस्थामा रिकभरी नभएर एनपिएल बढेको हो ।’ उनले भने, संस्थाको कर्मचारीले राम्रो आइडिया ल्यायो भने इम्प्लिमेन्ट गरिन्छ ।’